आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

alam

काठमाडौं,२८ माघ । रौतहट जिल्ला अदालतले आजबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दामा पेसी तोकेको छ ।

माघ २८ गते आइतबारबाट निरन्तर सुनुवाइ हुने गरी रौतहट जिल्ला अदालतले आलम लगायतका ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

२०७० सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवीत मजदूरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ ।
मृतकका परिवारले आलमविरुद्ध जाहेरी दिएपछि उनीविरुद्धको मुद्धा अघि बढाएर थुनामा राखिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);