काठमाडौं,२६ माघ । न्याय सेवा आयोगले ठुलो संख्यामा न्यायाधीशका लागि आवेदन खुल्ला गरेको छ । आयोगले ४३ जना जिल्ला न्यायाधीसका लागि विज्ञापन खुलाएको हो ।
आयोगले आज एक सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुल्ला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबारे जानकारी दिएको हो ।
योग्यता पुगेका उम्मेदवारहरुले आजको ३० दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना