फिलिपिन्समा पहिरोले तीन वटा यात्रु बस पुरियो | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

फिलिपिन्समा पहिरोले तीन वटा यात्रु बस पुरियो

Philipins-Earthquake

एजेन्सी,२४ माघ । दक्षिणी फिलिपिन्समा ठूलो पहिरो खस्दा तीनवटा यात्रु बस पुरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । डाभाओ डे ओरो प्रान्तको माको सहरमा खानी स्थल नजिकै पहिरो गएको थियो ।

यात्रु बसहरूले खानी स्थलबाट कामदारहरू बोकेका थिए । पहिरोमा धेरै मानिसहरु पुरिएको बताइएको छ ।

स्थानीय प्रकोप निकायले पहिरोबाट कति मानिस प्रभावित भए भन्ने यकिन गर्न भएको छैन ।

स्थानीय अधिकारीहरूले पीडितहरूको उद्धार गर्न र प्रभावित शहरबाट गाउँलेहरूलाई विस्थापित गर्न आफ्ना कर्मचारीहरू परिचालन गरेका छन् । FIle Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);