भिजिट भिसा सेटिङ : अध्यागमन अधिकृतसहित चारजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

भिजिट भिसा सेटिङ : अध्यागमन अधिकृतसहित चारजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

काठमाडौं,२४ माघ । काठमाडौँ जिल्ला अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चारजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले मंगलबार अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यो प्रकरणमा अन्य ६ जनासँग अदालतले धरौटी माग गरेको छ । यस प्रकरणमा पक्राउ परेकी गीता शाहसँग पाँच लाख, पदम लामासँग एक लाख, विनोद कार्कीसँग दुई लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग सात/सात लाख र रविन अर्यालसँग एक लाख धरौटी माग गर्ने अदालतले आदेश दिएको छ ।

भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नौ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध सरकारी कागजात किर्ते गरी सङ्गठित अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । १२ जना अभियुक्त फरार छन् । अध्यागमन अधिकृत खड्कालाई गत मङ्सिर १८ गते सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा पक्राउ गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);