काठमाडौं,२२ माघ । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले सांसदहरुले सेनाको बारेमा अनावश्यक बालेको टिप्पणी गरेका छन् । बोल्नुभन्दा सेनाको सान्दभिर्कतालाई देशहितमा जोड्नुपर्ने उनको भनाइ छ ।
सोमबार एक कार्यक्रममा बोल्दै शाहले भने,“आज रुकुुम पश्चिम लगायत भुकम्प प्रभावित स्थानमा हिमपात भइरहेको बेलामा त्रिपाल मुनि बाध्य छन् । यस्तो ठाउँमा सेना परिचालनको सन्दर्भमा बहस र परिचालन गर्न सकेको भए त्यहाँको जनताले पनि न्याय पाउने थिए र सेनाको पनि राष्ट्रिय हितमा काम गरेको औचित्यता पृष्टि हुन सक्थ्यो ।”
सांसद तथा नेताहरुले पटक–पटक सेनाको संख्याबारे अनावश्यक टिप्पणी गरेको भन्दै उनले सेनाको संख्यामा नभइ उपयुक्तताको खोजी गर्नुपर्ने धारणा राखे । तर त्यसो हुन नसकिरहेको भन्दै उनले गुनासो पोखे । जसको कारण नेपालको राजनीति प्रति वितृष्णा बढ्दै गएको उनको तर्क छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सन्र्दभमा बोल्दै शाहले नेताहरुले आफ्ना कमजोरीहरुलाई लुकाउन राजालाई गाली गर्ने प्रवृति राम्रो नभएको बताए । उनले भने, “पूर्वराजालाई गाली गर्नु भन्दा हामीले राम्रो काम गरौन,त्यसो गर्न सकियो भने विकृत राजनीति पनि सहि लयमा आउँछ र जनताको राजनीतिप्रतिको दृष्टिकोण बदलिन्छ ।”