‘कर्णालीमा पुर्नजागरण ल्याउनु पर्छ’ | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

‘कर्णालीमा पुर्नजागरण ल्याउनु पर्छ’

सुर्खेत,२२ माघ । मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले कर्नालीको वास्तविक इतिहास सच्याउन र समृद्ध कर्णाली बनाउनका लागि लेखकीय रुपमा पुर्नजागरण ल्याउन पर्ने बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा कर्णाली साहित्य समाजको आयोजना गरेको डा।दीपेन्द्र रोकायाद्धारा लिखित पुस्तक “कर्नालीको मर्म” माथि सुर्खेतमा प्राज्ञिक परिचर्चा कार्यक्रममा उनले उक्त विचार व्यक्त गरेका हुन् ।

डा. दीपेन्द्र रोकाया कर्णालीमा जन्मेको ‘जनयुद्धबाट आएको र कर्नालीकै योजना आयोगमा काम गरेकाले कर्नालीवाशीले कर्नालीकै मर्म पाउन सफल भएको बताउँदै उपकुलपति सिंहले भने, “कर्नालीको शीरबाट एउटा युवाको उदय भएको छ, कर्नालीले जोगाउन सक्नुपर्छ ।”

कर्णालीको मर्ममा समेटिएका विषयबस्तुले कर्नालीको भूक्षेत्रमा जागरण ल्याउने विषय उठान गरेको बताउँदै उनले भने,“यहाँ कर्नालीको आत्मा बोलेको छ, सबै कर्नालीवासीले पढ्नु पर्छ ।” कर्नाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले कर्नालीको मर्म इतिहास,भाषा, साहित्य र विकासको महत्वपूर्ण दस्तावेज भएको बताए, उनले लेखक निरन्तर शोधरत रहने व्यक्ति भएकाले कर्नालीको कहिल्यै उजागर नभएका विषयवस्तु बाहिर आएकोसमेत जिकिर गरे । उपाध्यक्ष शाहीले डा।रोकायाको पुस्तकले कर्नालीमा पुर्नजागरणको समय ल्याउन सहयोग गर्ने ठोकुवा गरे ।

लेखक डा।नवराज के।सी।ले कर्नालीको मर्म जीवनको पाठाशालामा लेखिएको पुस्तक भएको बताउँदै भन,“यस पुस्तकले म उभिएको भन्दा म उम्रेको माटो महत्वपूर्ण हुन्छ, भन्ने पाठ सिकाएको छ ।” उनले समात्दा सानो लागेपनि वजनदार मूल्य भएको पुस्तक कर्नालीले पाएको जिकिर गरे । उनका अनुसार कर्नाली बुझ्न कर्नालीको मर्म पढ्नै पर्नेर्छ ।

यस कृतिलाई लेखक डा।दीपेन्द्र रोकायाले कर्नालीको गर्वलाग्दो इतिहासको उत्खनन्, वर्तमानको पैरवी र भविश्यको आँकलन गर्न उत्पेरणा मिलोस् भनी प्रकाशनमा ल्याएको बताए । सो पुस्तक कर्नालीको भूमिमा केही गर्न सकिन्छ भनी सोच्ने र काम गर्नेहरुको नाममा समर्पण गरिएको “कर्नालीको मर्म” भित्र कर्नालीको मुल, पहिलो आमा,शिव १, हिजोको कर्नाली, परिवर्तनको मूल्यबोध, बिम्ब फेर्न्या रैवार र गन्तव्य कर्नाली भनेर सात अध्यायमा लेखिएको छ ।

कार्यक्रममा देउडा गायिका जानकी र शारदा रोकायाले पुस्तकभित्र लेखिएको “नुन पाइन्थ्यो सुन पनि पाइन्थ्यो कर्नालीको गाउँमा, लागेन पारिलो घाम राजनीतिको नाउँमा” भन्ने देउडा गीत प्रस्तुत गरिन् । यस्तै कर्नाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी र शहीद यामबहादुर विसी प्रतिष्ठानका सचिव भगवती विसीले कर्नालीको मर्ममाथि चर्चा गरिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);