राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते

rastiya-sabha

काठमाडौं,२२ माघ । राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने गरी संघीय संसद् सचिवालयले तयारी थालेको छ ।

संघीय संसद् सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा आगामी फागुन २० गतेदेखि खाली हुने राष्ट्रिय सभाको अध्यक्ष पदका लागि फागुन २९ गते निर्वाचन गरिने उल्लेख छ । अहिले राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमल्सिना हुनुहुन्छ ।

उहाँकोे कार्यकाल फागुन २० गते सकिँदैछ । एमालेबाट राष्ट्रिय सभा सदस्य बन्नु भएका उहाँको कार्यकाल सकिएपछि राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र माओवादीको केन्द्रको दाबी छ । राष्ट्रिय सभाको सम्भावित उम्मेदवारका रुपमा कांग्रेसका कृष्ण सिटौलालाई हेरिएको छ । सिटौला कोसी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

फागुन २० देखि खाली हुने राष्ट्रिय सभाका १९ पदका लागि माघ ११ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र नेकपा एमालेबाट एकजना विजयी भएका छन् ।

Leave a Reply