दक्षिणपूर्वी टर्कियामा हेलिकप्टर दुर्घटना, २ पाइलटको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

दक्षिणपूर्वी टर्कियामा हेलिकप्टर दुर्घटना, २ पाइलटको मृत्यु

एजेन्सी, २२ माघ । दक्षिणपूर्वी गाजियनटेप प्रान्तमा भएको एजेन्सीमा टर्कीका दुई पाइलटको मृत्यु भएको छ । दुर्घटनाबाट एक प्राविधिक घाइते भएको टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको हो ।

सुरक्षा उड्डयन विभागको महानिर्देशनालयको सूचीमा दर्ता गरिएको हेलिकोप्टर, नुरदागी जिल्लाको कारताल गाउँमा दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टर दक्षिणी हाते प्रान्तबाट प्रस्थान गरेको थियो ।

अन्तिम पटक १०ः४९ मा सम्पर्कमा आएको थियो । घटनास्थलमा धेरै जन्डरमेरी, फायर ब्रिगेड र मेडिकल टोलीहरू पठाइएको छ । घाइते प्राविधिकलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । हाल दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);