कास्की, १९ माघ ||
विश्व सिमसार दिवसको अवसर पारेर फेवातालमा माछाको भुरा छोडिएको छ । शुक्रवार विश्व सिमसार दिवसको अवसरमा कास्कीको पोखारास्थित फेवातालमा माछाका भुराहरु छोेडिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा भुराहरु छोडिएको जलाहारी समुदायका ज्ञानबहादुर जलाहरीले बताउनु भयो । उहाँले जलाहारीहरु समुदायका लागि आज धान रोपाईंको दिन भएको बताउनु भयो । फेवा तालमा यसरी भुरा नछोड्ने हो भने आफूहरुको कसौँडीमा खाना नपाक्ने बताउनु भयो । उहाँले वडा नम्बर ६ बाट भुरा छोड्ने काम भएको र पहिलो पटक वडा स्तरीय बजेट पाउँदा खुशी लागेको बताउनु भयो ।
पोखरा महँनगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले सिमसार दिवसको उपलक्ष्यमा वडानम्बर ६ ले पुस्तौँदेखि सोही पेशामा आवद्ध जलाहारी समुदायलार्ई लक्षित गरेर भुरा माछा छोडेको बताउनु भयो । उहाँले फेवातालमा विभिन्न प्रजातिका भुरा माछाहरु छोडेको र यसले फेवा तालको सौन्दर्यतासँगै जलाहरी समुदायको जीविकोपार्जनमा पनि सहयोग पुग्ने बताउनु भयो । अध्यक्ष भट्टराईले जलाहारी समुदायलाई लक्षित गरी ४ लाख बराबरको नेट पनि व्यवस्था गरेको बताउनु भयो ।
विश्व सिमसार दिवसका अवसरमा फेवातालमा माछाको भुरा छोडियो
ताजा समाचार
कृषि बालीमा अत्यधिक विषादी नहाल्न मन्त्रीको आग्रह
१९ घन्टा अघि
६ महिनामा प्रदेशहरूको बजेट खर्च १६ प्रतिशत मात्रै
१९ घन्टा अघि
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतदान सुरु
१९ घन्टा अघि