यातायात सुधार सुझाव कार्यदलले एक वर्षपछि भौतिकमन्त्रीलाई बुझायो प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

यातायात सुधार सुझाव कार्यदलले एक वर्षपछि भौतिकमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं, १८ माघ ||
यातायात सुधार सुझाव कार्यदलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन बुझाएको छ । बिहीवार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यदलले मन्त्री ज्वालालाई प्रतिवेदन बुझाएको हो । गत वर्ष माघ ११ गते मन्त्रीस्तरीय निर्णयबाट यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थिए । उक्त कार्यदलले एक वर्षपछि मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । कार्यदलको प्रतिवेदन बुझ्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विभिन्न विषयको अध्ययन अनुसन्धान र सुझावको लागि समितिहरु बनाउने तर कार्यदलले लिएको सुझाव दराजमा थन्काउने परम्परा रहेको भन्दै प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनु भयो । उहाँले मुलुकको यातायात क्षेत्रमा देखिएका समस्या समाधानको लागि राम्रो प्रतिवेदन बनेकाले त्यहीअनुसार कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया अघि बढाउने बताउनु भयो । मन्त्री ज्वालाले कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्ने र त्यसको अध्ययन मन्त्रालय र यातायात व्यवस्था विभाग लाग्ने बताउनु भयो । उहाँले प्रतिवेदन अध्ययन गरेर कसरी कार्यान्वयमा लैजानको लागि कार्ययोजना बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले सरकार सार्वजनिक सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐनलाई संशोधन र एकिकरण गर्ने विधेयक अगाडि बढाउन लागेको बताउनु भयो । उहाँले विधेयकको ड्रापm्ट तयार भइसकेको बताउनु भयो । उहाँले कार्यदलले दिएको प्रतिवेदनले राष्ट्रिय यातायात नीति र सार्वजनिक सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐनलाई समय अनुकुल बनाउन सहयोग मिल्ने बताउनु भयो ।
कार्यक्रममा मन्त्रालयमा सचिव केशवकुमार शर्माले नेपालको यातायात क्षेत्रमा यातायात व्यवसायीहरुले गरेको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले नेपालको सार्वजनिक यातायात क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने अवस्था नभएको बताउनु भयो । उहाँले विगतमा सार्वजनिक यातायात सरकारले सञ्चालन गर्दा राम्रो नभएको स्मरण गर्दै सुखद् अवस्था नभएको बताउनु भयो । उहाँले सरकारको नीति पनि सार्वजनिक यातायात क्षेत्र निजी क्षेत्रबाट नै सञ्चालन गर्ने नीति लिएको दाबी गर्नुभयो । उहाँले अब निजी क्षेत्र र सरकारको सहकार्यमा यातायात क्षेत्रलाई प्रविधि मैत्री र डिजिटलाइज बनाउनुपर्ने बताउनु भयो ।
कार्यदलले वर्तमान सार्वजनिक यातायात क्षेत्रका समस्या र यात्रुमैत्री सार्वजनिक यातायात क्षेत्र बनाउने गरी प्रतिवेदन आएको कार्यदलका सदस्य तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताउनु भयो । उहाँले सार्वजनिक यातायातलाई दीर्घकालिन रुपमा यात्रुमैत्री कसरी बनाउने भन्ने विषय समेटिएको भन्दै सरकारले कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकको सार्वजनिक यातायात क्षेत्र सुधारको लागि प्रतिवेदनलाई सरकारले गम्भिरताका साथ लागू गर्न आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);