अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने व्यक्ति पक्राउ

काठमाडौं,१७ माघ । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने व्यक्ति पक्राउ परेका छन् । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका–१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमको समन्वयमा पाँचथर फिदिम नगरपालिका१ अस्पताल चोकबाट पक्राउ गरेको हो ।

साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेको, पिडकहरूले साहले संचालन गरेको ग्म्न्ब्ः ख्भ्ल्त्ग्च्भ् ऋब्एक्ष्त्ब्ी, एच्इँक्ष्क्त् न्च्इग्ए ७ म्ब्ःद्यब्च् क्ज्ब्ज् को व्यक्तिगत खातामा विभिन्न बिथभच मा रकम पठाउने गरेको तथा उक्त रकमहरू पिडकले खोजेको बखतमा ९ ऋबकज, ऋचथउतय, द्यबलप तचबलकाभच, ष्लतचभकभत० समेत उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साह विरूद्ध ३४ जनाको उजुरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);