कृषि मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

कृषि मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता

काठमाडौं,१७ माघ । कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्नेगरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुधवार सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानको तर्फबाट सहायक महानिर्देशक डा. शर्ली तरावलीले सम्झौता पत्रका हस्ताक्षर गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच भएको सम्झौताले पशुपंक्षी अनुसन्धान, विकास,नविन प्रविधि प्रवद्र्धन र कषि क्षेत्रको दिगो विकासमा योगदान पुग्ने सरकारले विश्वास लिएको बताएको छ । सम्झौता पत्रका हस्ताक्षर कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. वेदुराम भुसालले विकासशिल देशहरुमा पशुपालनको क्षेत्रमा काम गरी किसानहरुको जनजीवनमा सुधार ल्याउने उद्देश्यले अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानसँग भएको सम्झौतापत्र नेपालको लागि महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनु भयो । उहाँले सरकारले विगत लामो समयदेखि अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानसँग सहकार्य गर्दै उल्लेख गर्दै जलवायु स्मार्ट पशुपालन,पशुपालनमा लगानी र लम्की स्किन रोकथाम कार्यशाला गर्दै आएको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानसँग आजबाट थप नयाँ अध्यायको शुरुवात भएको बताउनु भयो ।

उहाँले यो सम्झौताले नेपालको पशुपालन क्षेत्रमा दिगो विकासका लागि रोडम्याप तयार गर्ने विश्वास रहेको बताउनु भयो । मन्त्री डा. भुसालले अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानसँगको सहकार्यमार्फत पशुपालन क्षेत्रमा देखिएका चुनौतिहरुलाई सम्बोधन गर्ने र नेपाली पशुपालन किसानको समृद्धि प्रदान गर्न सफल हुने बताउनु भयो । उहाँले यो सम्झौताले नेपालका कृषि मन्त्रालयसँग जोडिएका सबै सरोकारवाल निकायहरुसहित नेपालको पशुपालन क्षेत्रको अध्ययन र अनुसन्धानका नयाँ आयामहरु थपिने विश्वास रहेको बताउनु भयो ।

 

कार्यक्रमा बोल्दै मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानसँगको सहकार्यले नेपालको पशुपालन क्षेत्रमा स्थानीय समस्याहरुलाई समाधान गर्न अनुसन्धानात्मक कार्यहरुलाई स्तरीय र अन्तर्राष्ट्रिय परिवेश अनुकुल बनाउन फलदायी हुने विश्वास रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बजारमा नेपालका पशुजन्य उत्पादनहरुलाई पहुँच वृद्धि गर्न सार्थक हुने बताउनु भयो ।

 

अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानकी महानिर्देशक तरावलीले उचित पोषण,बाल कुपोषण न्युनीकरण गर्न,संज्ञानात्मक विकासमा सुधार,खाद्य उत्पादन र स्वास्थ्यको लागि साना किसानको पशुपालन प्रणालीलाई रुपमान्तरण गर्ने बताउनु भयो । उहाँले नेपाल सरकारसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्नुभयो । उहाँले नेपालको उच्च आर्थिक वृद्धिको लागि दिगो उत्पादनमार्फत खाद्य र पोषण सुरक्षाको लक्ष्य पूरा गरी पशुधन विकासमा नेपालको प्रतिवद्धतालाई स्वीकार गर्नुभयो ।

 

अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानले नेपालमा पहिलादेखि भैंसीको दुध मूल्य श्रृंखला,पशुधन लगानी योजना,क्षमता विकास र लम्की स्किन रोग नियन्त्रण सम्बन्धी कार्यशाला र पानीको सदुपयोग,मिथेन ग्यास उत्सर्जन,एकीकृत पोषण प्याकेज स्केलिङ सम्बन्धी अन्य परियोजनाहरुमा काम गरिहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);