काठमाडौं,१६ माघ । नेपाल विद्युत प्राधिकरणले लोकसेवा आयोगमार्फत सञ्चालन गरेको परीक्षामा कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाहरुको नियुक्ती बदर गरेको छ ।
प्राविधिक सेवा,इलेक्ट्रिकल समुह,उपसमुह,तह ५, सुपरभाइजर पदका लागि करिब ३७ जना परीक्षार्थीले १४ माघमा लिएको नियुक्ति पत्र रद्द गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणविरुद्ध विभिन्न आरक्षित समावेशी कोटामा पदपुर्ति हुन नसक्दा खुलातर्फबाट परीक्षामा सहभागी भएर वैकल्पिक उम्मेदवारलाई मौका नदिएको भन्दै मुद्दा दायर भएको थियो ।
जितेन्द्र सिंहसहितका उम्मेदवारले प्राधिकरणविरुद्ध प्रधान कार्यालय काठमाडौंविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।





