इस्तानबुल चर्च आक्रमणका २ संदिग्ध पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

इस्तानबुल चर्च आक्रमणका २ संदिग्ध पक्राउ

death body

एजेन्सी,१६ माघ । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इटालियन चर्चमा आइतवार भएको सशस्त्र आक्रमणका दुई संदिग्धलाई थुनामा राखिएको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ । इस्तानबुल प्रहरी विभागले अपराधीहरूलाई पहिचान गरी पक्राउ गरेको बताउनु भयो ।

आक्रमणकारीहरूले स्थानीय समयअनुसार बिहान ११ः४० बजे शहरको युरोपेली छेउमा रहेको सरियर जिल्लाको सान्ता मारिया चर्चमा हमला गरेका थिए । आक्रमणमा एक व्यक्तिको मृत्यु भएको थियो ।

यसअघि इस्तानबुलका गभर्नर दाउत गुलले मृतक ५२ वर्षीय टर्की नागरिक भएको बताएका थिए । घटनापछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इटालियन चर्चका पादरीसँग फोनमा शोक व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);