काठमाडौं, १५ माघ ||
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल—भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल शुरु भइसकेको बताउनुभएको छ । सोमवार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षीनरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताउनु भयो । मन्त्री साउदले सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्ने बताउनु भयो । उहाँले प्रशासनिक रुपमा रहेको मेकानिजम पनि क्रियाशील भइ अहिले तथ्यको आधारमा दुवै देशबीच समस्या समाधानका लागि कुटनीतिक पहल चलिरहेको बताउनु भयो । उहाँले हालै भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिवद्धता भएको बताउनु भयो । मन्त्री साउदले अहिले आर्थिक चुनौति भोगिरहनु परेको बताउनु भयो । उहाँले आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई बिस्तार गरी भारत, बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय समुदायले नै प्रतिवद्धता क्लिन इनर्जी रहेकाले नेपालले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताउनु भयो । मन्त्री साउदले नेपालले १ लाख मेगावाटसम्मको विद्युत उत्पादन गर्नका लागि अध्ययन गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
नेपाल—भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल शुरु भइसक्योः मन्त्री साउद
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
१० घन्टा अघि
४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता
१२ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
१३ घन्टा अघि




