टर्की राष्ट्रपतिद्वारा स्विडेनको नाटो सदस्यता अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

टर्की राष्ट्रपतिद्वारा स्विडेनको नाटो सदस्यता अनुमोदन

एजेन्सी, १३ माघ ||
देशको आधिकारिक राजपत्रमा प्रकाशित प्रोटोकलअनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नाटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गर्नुभएको छ । टर्की संसदले पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने स्विडेनको प्रश्तावलाई अनुमोदन गर्ने विधेयक पारित गरेको दुई दिनपछि एर्दोगानले यो कानून प्रकाशित गर्नुभएको हो । टर्कीको संसदले ग्राण्ड नेशनल एसेम्बलीमा भएको बहसपछि उक्त विधेयकमा मतदान गरेको हो । मतदानमा कुल ३ सय ४६ सांसदले भाग लिएका थिए जसमा पक्षमा २८७, विपक्षमा ५५ र अनुपस्थित चार मत परेका थिए । रुसले २०२२ मा युक्रेनमा आफ्नो सैन्य अभियान शुरु गरेपछि स्वीडेन र फिनल्याण्डले नाटोमा सामेल हुन आवेदन दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);