काँग्रेसभित्र मैले पाइनँ भन्ने भाष्य तयार भएको छः उपसभापति गुरुङ | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

काँग्रेसभित्र मैले पाइनँ भन्ने भाष्य तयार भएको छः उपसभापति गुरुङ

काठमाडौं, १२ माघ ||
नेपाली काँग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले काँग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताउनुभएको छ । शुक्रवार पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसभित्र अहिले मैले के पाएँ ? भन्ने भाष्य तयार भएको बताउनु भयो । उहाँले काँग्रेसमा विगतमा गरिएको निःस्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको बताउनु भयो । उहाँले काँग्रेसको गौरवमय इतिहासलाई गौरवको स्थानमा राख्नुपनैृ बताउनु भयो । उहाँले विगतका गौरवलाई स्मरण गर्नै मात्र नभइ गौरवमय इतिहास कोर्नेतर्फ पनि अग्रसर हुन जरुरी रहेको बताउनु भयो । उपसभापति गुरुङले भविष्यको लागि अहिले गौरवमय इतिहास निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

Leave a Reply