राजनीतिमा योगराज उपाध्याय र नुतन थपलियाको योगदान महत्वपूर्ण छः देउवा | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८१, शुक्रबार

राजनीतिमा योगराज उपाध्याय र नुतन थपलियाको योगदान महत्वपूर्ण छः देउवा

sher bahadur deuwa

काठमाडौं, १२ माघ ||
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले योगराज उपाध्याय र नुतन थपलियाले काँग्रेस र देश निर्माणमा दिएको योगदानबारे काँग्रेसले नेपालीहरुमा बुझाउन सक्नुपर्ने बताउनुभएको छ । शुक्रवार पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले थपलिया र उपाध्यायले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको बताउनु भयो । उहाँले द्वय नेताहरुले दिनुभएको योगदानबारे सबै नेपालीहरुलाई बुझाउन जरुरी रहेको बताउनु भयो ।
पार्टीको ७८ औं स्थापना दिवसको अवसरमा काँग्रेसले उपाध्याय र थपलियालाई सम्मान गरेको हो । २००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी हुनुभएको थियो । नेपाल विद्यार्थी संघ हुनुअघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्यायले अगुवाई गर्नुभएको थियो । बिपी कोईरालालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासन जानुभएको थियो । थपलिया भने नागरिक स्वतन्त्रताका लागि २००३ सालदेखि सक्रिय भएर लाग्नुभएको थियो । शहीद शुक्रराज शास्त्रीसँग शिक्षा लिनुभएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता समेत हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);