जबरजस्ती करणी गर्ने २ जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

जबरजस्ती करणी गर्ने २ जना पक्राउ 

खोटाङ,१२ माघ । जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बराहपोखरी गाउँपालिका–२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा  प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी, धनकुटा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साँगुरीगढी गाउँपालिका–८ खुडी बस्ने ४४ वर्षीय अनके लोहोरूङ राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई सोही गाउँपालिका–८ टप्पु डाँडास्थित गोठमा गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);