थुनामुक्त हुन राहुल महराले दिएको निवेदन अदालतद्धारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

थुनामुक्त हुन राहुल महराले दिएको निवेदन अदालतद्धारा अस्वीकार

काठमाडौं,१२ माघ । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका राहुल महराको निवेदन उच्च अदालत पाटनले अस्वीकार गरेको छ । भन्सार चोरी पैठारी र संगठित अपराधको कसुरमा थुनामा रहेका महरालाई उच्च अदालत पाटनले समेत थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो । काठमाडौँ जिल्ला अदालतले पाँच लाख धरौटी माग गर्ने आदेश गरेको लोकेन्द्रकुमार पौडेलको आदेश पनि उच्च अदालतले सदर गरेको छ ।

६० किलो सुन तस्करीका प्रमुख पात्र रहेका दावा छिरिङ लगायतका व्यक्तिसँग कनेक्सन देखिएको र सुन तस्करीमा संलग्न रहेको भन्दै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका पुत्र राहुल महराविरुद्ध सीआइबीको प्रतिवेदनको आधारमा काठमाडौँ जिल्ला अदालतमा आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र सङ्गठित अपराधमा मुद्दा दायर भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);