कोशी प्रदेशमा कृष्ण सिटौला विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोशी प्रदेशमा कृष्ण सिटौला विजयी

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कृष्ण प्रसाद सिटौला विजयी हुनु भएको छ । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार उहाँले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभामा सिट सुरक्षित गर्नु भएको हो । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धवले ४७ सांसदको मत पाउनुभयो । यसैगरी स्थानीय तहतर्फ सिटौलाले १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाउनुभयो । यस्तै एमालेका पर्शुराम अधिकारीले ५ जनाको मत पाउनुभयो । विजयी सिटौलाले कुल ५२९२ मतभार प्राप्त गर्नुभयो भने पौडेलले ४५६२ मतभार प्राप्त गर्नुभयो । यस्तै अधिकारीले १४८ मतभार प्राप्त गर्नुभयो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);