काठमाडौं, ११ माघ ||
कोशी प्रदेशमा सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई १०० मतभारले पराजित गर्नु भएको हो । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाउनु भयो भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार प्राप्त गर्नुभयो । प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाउनु भयो । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।
कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला निर्वाचित
ताजा समाचार
संघीय संसदका दुवै अधिवेशन आह्वान
१४ घन्टा अघि
तोलामा ११ सयले बढ्यो सुन
१५ घन्टा अघि
प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइ
१६ घन्टा अघि