एजेन्सी, ११ माघ ||
अर्जेन्टिनाका प्रमुख श्रमिक संघ, सामाजिक संगठन र प्रगतिशील समूहहरूले राष्ट्रपति जेभियर माइलीको सरकारले प्रश्ताव गरेको मितव्ययिता उपायहरूको बिरोधमा १२ घण्टाको हडताल शुरु गरेका छन् । जसमा राजधानी शहर ब्यूनस आयर्समा कंग्रेस तर्फको ¥याली समावेश थियो । श्रमिक महासंघ (सीजीटी) ले अन्य श्रमिक समूहहरू बीचको आयोजना गरेको थियो । अर्जेन्टिनामा चार वर्ष भित्रको सबैभन्दा ठूलो संघको नेतृत्वमा भएको बिरोध प्रदर्शनको उद्देश्य सरकारलाई बेल्ट–कसाउने उपायहरू र अर्थव्यवस्थालाई नियन्त्रणमुक्त गर्न सुधारहरू लागू गर्नबाट रोक्नको लागि रहेको बताइएको छ । राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले हडताललाई ‘निरपेक्ष बकवास’ को संज्ञा दिनुभएको छ । माइलीले प्रश्तावित सुधारहरू पीडादायी भएको स्वीकार गरे पनि देशको संकटग्रस्त अर्थतन्त्रलाई पुनःस्थापना गर्न आवश्यक रहेको बताउनु भयो । श्रमिक नेता एडुआर्डो बेलिबोनीले पत्रकारहरूलाई हड्तालको उद्देश्य जनताको अधिकारको रक्षा गर्नु रहेको बताउनु भयो ।
अर्जेन्टिनाका ठूला मजदुर संगठनद्वारा सरकारी मितव्ययिता उपायको बिरुद्धमा आम हड्ताल शुरु
ताजा समाचार
सरकारमा जाने रुचि छैन :अध्यक्ष प्रचण्ड
१ घन्टा अघि
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
२ घन्टा अघि
उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो
३ घन्टा अघि
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
१ दिन अघि