युक्रेनी युद्धबन्दीसँगै क्षेप्यास्त्र बोकेको रुसी सैन्य विमान दुर्घटना हुँदा ६५ जना युक्रेनी बन्दी मारिए | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

युक्रेनी युद्धबन्दीसँगै क्षेप्यास्त्र बोकेको रुसी सैन्य विमान दुर्घटना हुँदा ६५ जना युक्रेनी बन्दी मारिए

एजेन्सी,११ माघ । रुसको युक्रेनसँग सीमा जोडिएको दक्षिणी बेल्ग्रड क्षेत्रमा एउटा जहाज दुर्घटना परेको छ । मस्कोले जनाए अनुसार रुसी इल्यूशिन–७६ सैन्य ढुवानी जहाज दुर्घटनामा परेको हो । रुसी रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटनामा कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएका छन् ।

रिया नोभोस्ती न्यूज एजेन्सीका अनुसार उक्त जहाजमा ६ जना चालक दलका सदस्यसहित युक्रेनी युद्धबन्दीबाहेक अन्य ९ जना पनि यात्रारत थिए । उनीहरु सबैका मृत्यु भएको बेल्ग्रड क्षेत्रका गभर्नरले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । क्षेत्रीय गभर्नर उनले घटनाबारे थप विवरण दिएनन् । युक्रेनी सैन्य कार्यालयलाई उदृत गर्दै प्राभदा वेबसाइटले लेखे अनुसार उक्त जहाजले रुसको एस–३०० हवाई सुरक्षा प्रणालीका निम्ति क्षेप्यास्त्र ढुवानी गरिरहेको थियो ।

त्यसमा युक्रेनी युद्धबन्दीहरू रहेकोबारे केही पनि उल्लेख छैन । सामाजिक सञ्जालहरूमा साझा गरिएको भिडिओमा स्थानीय समय अनुसार ११ बजे याब्लोनोभो गाउँ नजिकै एउटा विमान खसेको र त्यसपछि विस्फोट भएको देखिन्छ । दुर्घटना स्थलमा विशेष सैन्य समितिलाई पठाइएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);