काठमाडौं, १० माघ । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्ष भित्र स्थानीय तहमा ४५ वटा नयाँ शाखा खोल्ने लक्ष्य लिएको छ । बैंकले नेपाल सरकार र राष्ट्र बैंकले दिएको निर्देशन अनुसार स्थानीय तहहरुमा शाखा खोल्ने योजनालाई प्राथमिकता दिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चालू आर्थिक वर्ष भित्रै स्थानीय तहमा ४५ वटा नयाँ शाखा खोल्ने लक्ष्य लिइएको बताए ।
बैठकको ५३ औं वार्षिकउत्सवको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ शाखाका लागि आवश्यक जनशक्तिको व्यवस्थापनको काम पनि सुरु गरिएको जानकारी दिए । मर्जरको प्रक्रियालाई तीव्रता दिई आफ्नो सेवालाई अझै विश्वसनीय बनाउने प्रयास भईरहेको बैकले जनाएको छ ।
बैंकले चालू आर्थिक वर्षको पुस समान्तसम्म करिव १ अरव ३५ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । बैठकले पुस मसान्तसम्म कूल निक्षेप १ खरव ४९ अरव र कूल कर्जा १ खरव १० अरव पुर्याएको छ ।




