काठमाडौं,१० माघ । धरानको चतरा सडक खण्डको हेटौँडाको पुतली बजारमा आज बिहान बस दुर्घटना भएको छ । फुर्केचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना।३ ख ५३०३ नं।को बसले टेलरलाई साइड दिने क्रममा दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा १५ जना सवार थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार दुर्घटनामा परी घाइते भएकाहरू हेटौँडा १७ हटियाका वर्ष २५ की पुष्पा डङ्गोल, वर्ष २१ की रुपा डङ्गोल, हेटौँडा १८ बस्ने वर्ष ४५ की महिला, नाम स्पष्ट बताउन नसक्ने २ जना पुरुष, हेटौँडा १७ का वर्ष ५१ को शङ्कर राई वर्ष ५५ की आशा राई र वीरगन्ज महानगरपालिका भएका वर्ष २२ की सीमा साहको हेटौँडामा अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैग्ी, मकवानपुर गढी गाउँपालिका ७ की वर्ष ५६ की माहिली माया थिङ, वडा नं। १ धापका वर्ष ४६ का कुमार सीँ गोले र हेटौँडा १८ हर्नामाडीका वर्ष ३६ का सोम लाल थिङको सन्चो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




