काठमाडौं,१० माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधवार नेपालले पाकिस्तानको सामना गर्दैछ ।
खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।