काठमाडौं, ९ माघ ||
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले संसद र संसदीय समितिले पटक पटक स्थलगत अवलोकन समेत गरेर अघि बढाउन भनिएको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम अझै पनि अघि नबढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुनासो गर्नुभएको हो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालले पनि आफूसँग सो विमानस्थलको शिलान्यास गर्ने भनि आफैँले गरेको प्रतिवद्धता हालसम्म पनि कार्यान्वयनमा नआएको बताउनु भयो । देउवा र दाहालले काम अघि बढाउने वचन दिएपनि लागू नगरेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले त्यसलाई छिटो अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । मंगलवार संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले निजगढ विमानस्थललाई अघि नबढाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीले काम आवश्यक नै नभएको भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम गरेको आरोप समेत लगाउनु भयो । अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यासको काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुभयो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएकोप्रति प्रधानमन्त्रीसँग माधव नेपाल रुष्ट
ताजा समाचार
हिउँदे अधिवेशनको पहिलो बैठकमा रास्वपाको अवरोध
४ घन्टा अघि
अर्थ समितिको बैठक बस्दै
८ घन्टा अघि
कांग्रेस संसदीय दलको बैठक जारी
८ घन्टा अघि