न्युरोडमा पार्किङ निषेध गरेसँगै व्यवसायीहरुले सटर बन्द गरेर थाले आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

न्युरोडमा पार्किङ निषेध गरेसँगै व्यवसायीहरुले सटर बन्द गरेर थाले आन्दोलन

काठमाडौं, ९ माघ ||
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै पार्किङ नदिएको बिरोधमा व्यवसायीहरुले सटर बन्द गरेर बिरोध जनाएका छन् । मंगलवारदेखि काठमाडौं महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेको छ । महानगरपालिकाले न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि महानगर २२,२३ र २४ वडाका व्यवसायीले सटर बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेकोे छ । व्यापारीहरुले सरोकारवालाहरुसँग समन्वय बिना पार्किङ निषेध गर्दा न्युरोड क्षेत्रमा कुनैपनि ग्राहक नआउने बताए । उनीहरुले कोरोना महामारी लगायतका विभिन्न कारणबाट शिथिल बनेर युवा व्यवसायीहरु विदेश पलायन भएको अवस्थालाई थप प्रोत्साहन हुनेगरी पार्किङ निषेध गरिएको व्यवापारीहरुको गुनासो छ । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ । तर व्यवसायीहरु त्यो पार्किङ उपयुक्त नभएको बताउछन् । ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष गुरुदत्त शर्माले कोरोना महामारी लगायत अर्थतन्त्रमा देखिएको समस्याको कारण व्यवसायबाट पलायन हुन थालेका व्यवसायीहरुलाई हतोत्साही बनाएर काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सवारी पार्किङ बन्द गर्ने निर्णय गरेको आरोप लगाउनु भयो । उहाँले बिहानदेखि नगरप्रहरीहरु ल्याएर ज्यादती गर्ने काम गरेको बताउनु भयो । उहाँले नेपालको व्यापारको केन्द्र न्युरोड क्षेत्रमा सवारी साधन पाकिङ बन्द गर्दा व्यापार शुन्यमा झर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले महानगरले गरेको पार्किङ बन्दको बिरुद्धमा पसलहरु बन्द गरेर बिरोध जनाएको उल्लेख गर्नुभयो । उहाँले पाकिङ बन्द गरेर समस्याको समाधान नहुने भन्दै महानगरपालिका यसको विकल्पमा जानुपर्ने बताउनु भयो । उहाँले राज्यलाई राजश्व बुझाएर लाखौं भाडातिरेर व्यवसायीहरु बसेको भन्दै पार्किङ एक्कासी बन्द गर्दा व्यवसायीहरुलाई असर पर्ने बताउनु भयो । उहाँले पीडामा परेका बेलामा राज्यले सरोकारवाला निकायहरुसँग समन्वय गरी पाकिङको विकल्प दिएर मात्रै हटाउन आवश्यक रहेको बताउनु भयो । उहाँले न्यरोड १० हजार भन्दा बढी रोजगार जोडिएको क्षेत्र रहको भन्दै युवाहरु मेयरको बिरुद्धमा उत्रिने चेतावनी दिनुभयो । उहाँले बुधवारदेखि २२,२३ र २४ नम्बरका सबै व्यवसायीहरुले पूर्ण रुपमा सटर बन्द गरेर नगरपालिकालाई चाबी बुझाउने बताउनु भयो।
ताम्राकार मोबाइल व्यापार संघका संस्थापक अध्यक्ष जगत साउदले पनि न्यरोड मुलुकभरकै व्यापारको लागि मुटु भएकाले यो क्षेत्रमा पार्किङ बन्द गर्दा ठूलो नोक्शानी हुने बताउनु भयो । उहाँले न्युरोड क्षेत्र साधुरो भएकाले पार्किङ गर्ने ठाउँ छैन महानगरले उचित व्यवस्थापन विना रातारात सूचना निकालेर बन्द गर्नु गलत भएको बताउनु भयो । उहाँले पार्किङ गर्न नदिनु व्यवसायीहरुले सटर बन्द गरे जस्तै भएकाले त्यसैको बिरुद्धमा सटर बन्द गरिएको बताउनु भयो। उहाँले सवारी पार्किङको लागि महानगरपालिकाले विकल्प दिन माग गर्नुभयो । नगरपालिकाले पार्किङ तोकेको ठाउँ प्राप्त नभएको बताउनु भयो ।
त्यस्तै न्युरोडमा सामान खरिद गर्न गएका मिलन प्रधानले पार्किङ निषेध गरिएको जानकारी नहुँदा न्युरोड आएर बाइक पार्किङ गर्न नपाएको बताउनु भयो । उहाँले पहिला २५ रुपैयाँ तिरेर पाँच मिनेट राख्न पाइने व्यवस्था ठिक रहेको बताउनु भयो। उहाँले महानगरपालिकाले न्युरोड आउने ग्राहकको लागि पार्किङ स्थान तोक्न आवश्यक रहेको बताउनु भयो । त्यस्तै,न्युरोडकै मोबाइल व्यापारी साजन दुलालले मोबाइल लगायतको व्यापार घटेको अवस्थामा थप घट्ने बताउनु भयो । उहाँले दरबारमार्ग मुख्य सडक रहेकाले पार्किङ हटाउनु राम्रो भएपनि न्युरोडमा हटाउनु राम्रो नभएको बताउनु भयो। त्यस्तै अर्का कपडा व्यापारी राजेन्द्र श्रेष्ठले महानगरपालिको निर्णय राम्रो भए पनि न्यरोडका व्यवसायीहरुको लागि राम्रो नभएको बताउनु भयो ।
न्युरोड जाने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगरले जनाएको छ । काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);