स्नातक तह प्रथम वर्षको परीक्षा २०८१ को भदौमा, सेमेस्टर प्रणालीतर्फ प्रथम सेमेस्टरको परिक्षा ८१ को वैशाखबाट | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

स्नातक तह प्रथम वर्षको परीक्षा २०८१ को भदौमा, सेमेस्टर प्रणालीतर्फ प्रथम सेमेस्टरको परिक्षा ८१ को वैशाखबाट

काठमाडौं,५ माघ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्को बैठकले त्रिविमा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० कार्यान्वयन गर्ने निर्णय गरेको आधारमा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको हो ।

भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका शैक्षिक क्यालेन्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने पनिकाले जनाएको छ । सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको परीक्षा २०८१ को भदौ दोस्रो हप्ताबाट हुनेछ । सेमेस्टर प्रणालीको भने प्रथम सेमेस्टरको २०८१ को वैशाखबाट हुनेछ ।

त्यस्तै स्नातकोत्तर तहको प्रथम सेमेस्टरको परीक्षा २०८१ को असारमा हुनेछ । दिनप्रतिदिन धराशायी बन्दै गएको त्रिवि सुधारको माग राख्दै त्रिवि स्वयवियु केही दिनदेखि आन्दोलन गर्दै आएको छ । जसले गर्दा त्रिविले सुधारका पहल अघि बढाएको हो । यसअघि अनलाइन मार्फत सेवा गर्ने घोषणा गरेको छ । माघ १५ गतेदेखि शैक्षिक प्रमाणपत्र निकाल्ने काम अनलाइन मार्फत हुने पनिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);