काठमाडौं,५ माघ । अष्ट्रेलिया कतारमा जारी एएफसी एसियन कपफुटबलको अन्तिम १६ मा पुग्ने दोस्रो टोली भएको छ । सिरिया हराएपछि लगातार दोस्रो जितसँगै अष्ट्रेलियाले नकआउट चरण पक्का गर्ने आयोजक कतारपछिको दोस्रो टोली भएको हो हो । ज्याक्सन अर्भाइनको ५९औ मिनेटमा गरको गोल नै अष्ट्रेलियाको जितका लागि पर्याप्त रह्यो ।
समूह चरणको पहिलो खेलमा भारतलाई २–० ले हराएको अस्ट्रेलिया २ खेलमा ६ अंकसंगै समूह बीको पहिलो स्थानमा छ । समूह बीकै दोस्रो खेलमा भारत उज्वेकिस्तानसँग ३–० ले पराजित भएको छ । एएफसी एसियन कपमा भारतको लगातार दोस्रो हार हो ।
उज्वेकिस्तानले सबै गोल मध्यान्तर अघि नै गरेको हो । उज्वेकिस्तानका अब्बोशेख फयजुलाएभ, इगोर सर्गेव र शेरजोड नस्रुलोएभले १–१ गोल गरे ।
जितपछि उज्वेकिस्तानको २ खेलमा ४ अंक छ । सिरियाको १ अंक हुँदा भारत भने अंकविहिन छ । तेस्रो खेलमा समूह सीका युएई र प्यालेस्टाइनबीचको खेल १–१ गोलले बराबरीमा रहेको छ ।