नेपाललाई समृद्धिको बाटोमा लैजाने क्षेत्र जलविद्युत होः अध्यक्ष कार्की | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नेपाललाई समृद्धिको बाटोमा लैजाने क्षेत्र जलविद्युत होः अध्यक्ष कार्की

काठमाडौं, ४ माघ ||
स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकास भएमात्रै मुलुक समृद्ध हुने बताउनुभएको छ । बिहीवार इप्पानको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागि जलविद्युत विकास पहिलो भएको बताउनुभएको हो । उहाँले सरकारले १० वर्षमा २८ हजार भन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य हासिल गर्न उर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक रहेको बताउनु भयो । मुलुकलाई समृद्धिको बाटोमा लैजाने क्षेत्र भनेकै जलविद्युत भएको दाबी गर्नुभयो । उहाँले बैंक तथा वित्तिय क्षेत्रले पनि जलविद्युतमा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले १० वर्षमा २८ हजार बढी विद्युत उत्पादन गर्न ४६ खर्ब रुपैयाँ आवश्यक पर्ने बताउनु भयो । उहाँले त्यसका लागि नेपाल भित्रबाट कति सम्भव भन्ने कुरामा राष्ट्र बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले पनि सोच्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । सरकारले २८ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य प्राप्तिको लागि उर्जा मन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रुपमा विकास गरी सबै काम उर्जा मन्त्रालयबाट गर्नसक्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । उर्जा क्षेत्रका सबै काम उर्जा मन्त्रालयबाट नै हुनेगरी उर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो । उहाँले सरकारले जलविद्युत क्षेत्रका लागि धेरै खालका नीतिगत सुधारहरु गर्नुपर्नेमा जोड दिनुभयो । जलविद्युत उत्पादनका लागि झनझटिला नीति र कार्यविधिहरुलाई सरकारले सुधार गरेर लैजानसके मात्रै २८ हजार मेगावट विद्युत उत्पादनको लक्ष्य हासिल हुनसक्ने दाबी उहाँको छ । अध्यक्ष कार्कीले अबको १० वर्षलाई उर्जा दशक घोषणा गर्न माग गर्नुभयो । उहाँले पछिल्लो समय जलविद्युत उत्पादनमा विभिन्न खालका समस्या रहेकाले कम्पनीहरुको आम्दानी समेत घट्ने अवस्थामा रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);