जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ,४ माघ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);