प्रधानमन्त्री प्रचण्ड युुगान्डा प्रस्थान, ७ गते काठमाडौं फर्कने | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड युुगान्डा प्रस्थान, ७ गते काठमाडौं फर्कने

काठमाडौं,४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जम्बो टोलीसहित युगान्डा प्रस्थान गरेका छन् । असंलग्न आन्दोलन (नाम)को १९औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज उता प्रस्थान गरेका हुन् ।

सम्मेलन माघ ५ गतेदेखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पलामा हुँदैछ । प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा कतार एरलाइन्सको विमानबाट उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद गत माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका थिए ।

प्रधानमन्त्री उता लागेपछि सरकारको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले पाएका छन् ।

प्रधानमन्त्रीले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्नेछन् । सोही दिन प्रधानमन्त्री प्रचण्ड गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड यही माघ ७ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);