विमलेन्द्र निधी सीमावर्ती क्षेत्रका निर्माणका समस्या बोकेर मुज्जपरपुर पुगे | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

विमलेन्द्र निधी सीमावर्ती क्षेत्रका निर्माणका समस्या बोकेर मुज्जपरपुर पुगे

काठमाडौं, ३ माघ । पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधी र भारतको बिहार मुज्जपरपुरका लोकसभा सदस्य अजय निषादबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको मुज्जपरपुरमा दुई नेताबीच शिष्टाचार भेट भएको हो । गत आईतवार धनुषाको नगराईन र मुखियापट्टी मुसहरनिया पालिकाका विभिन्न सीमावर्ती वडाहरुमा निर्माण कार्य अवरुद्ध भएका पुलहरुको स्थलगत निरीक्षण अवलोकन गर्नुभएका निधी सोही विषयमा छलफल गर्न मंगलवार निषाद निवास मुज्जपरपुर पुग्नुभएको थियो ।

सो क्रममा निधीले आफूले पुलहरुको स्थलगत निरीक्षण गर्दा भारतीय सुरक्षाकर्मीहरुले संरचना बन्न नदिनुको कारण माथिको आदेश भएको बताएको पनि निषादलाई जानकारी गराउनु भयो । पुल बन्दा दुवै देशका नागरिकहरुलाई सहज हुने बताउनु भयो । नो म्यान्स ल्याडमा पुल नबने दुई देशका जनतालाई कसरी जोड्ने ? र आवातजावत कसरी हुने ? भन्ने प्रश्न गर्दै निधीले आफूहरु नेपालको मात्र नभई सीमावर्ती भारत तर्फको जनताको भावना पनि सुनाउन आएको बताउनु भयो ।

भेटमा भाजपाका नेता समेत रहनुभएका निषादले आफनो पार्टीको नेतृत्वमा केन्द्रिय सरकार समेत रहेको बताउँदै गृहमन्त्री अमित साहसंग कुरा गरेर समस्या समाधान गर्ने बताउनु भयो । निषाद निवासमा राम मन्दिर समुद्घाटनको बधाई पत्र र प्रसाद प्रदान गर्नुभएको थियो ।

नेपालको जटही र भारतको पिपरौन जोड्ने मुख्य जमुनी नदी राजघाटको पुललाई ६ लेन सडक स्तरको पुलका रुपमा स्तरोन्तीका लागि भारतीय पक्षबाट भइरहेको अवरोध र नगराईन नगरपालिकाको वडा नं. ६ लगमालाई भारतको लहरनियासँग जोड्ने झुलुङ्गे पुलको समेत निधी नेतृत्वको टिमले अवलोकन गरेको थियो । उक्त पुलहरु भारतीय अवरोधका कारण निर्माण अवरुद्ध भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);