तीन वटा संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं,३ माघ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भए गरेका काम कारवाहीका बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे १० बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानूनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विज्ञहरुसँग छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);