काम गर्न नसके राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई सुवालको सुझाव | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

काम गर्न नसके राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई सुवालको सुझाव

काठमाडौं,२ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश विकास नसके राजीनामा दिन सुझाव दिनुभएको छ । २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद सुवालले प्रधानमन्त्री प्रचण्डले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरुको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपु¥याएको बताएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिनुभयो । राणा शासन र पञ्चायतबिरुद्ध लडेकाहरुले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने उहाँको भनाइ छ ।

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको टिप्पणी गर्नुभयो । उहाँले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्षदिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिनुभयो । हरेक प्रधानमन्त्री र मन्त्रीहरुलाई खानेपानीको धारा खोल्नैपर्ने रहरले समस्या निम्तिएको सांसद सुवालको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);