ताइवानको राष्ट्रपति विलियमलाई बधाई दिएकोमा चीनले गर्यो अमेरिकाको आलोचना | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

ताइवानको राष्ट्रपति विलियमलाई बधाई दिएकोमा चीनले गर्यो अमेरिकाको आलोचना

एजेन्सी, १ माघ । ताइवानको राष्ट्रपतिमा निर्वाचित विलियम लाईलाई बधाई दिएको विषयमा चीनले अमेरिकाको खरो आलोचना गरेको छ ।

अमेरिकाको यस्तो कदमले यो टापुको स्वतन्त्रताका लागि वकालत गरिरहेकाहरूमाझ गलत सन्देश गएको चीनको दाबी छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बधाई दिन जारी गरेको वक्तव्यले ताइवानसँग अनौपचारिक सम्बन्ध मात्रै कायम राख्ने वासिङ्टनको प्रतिबद्धता उल्लङ्घन गरेको बेइजिङको टिप्पणी छ । बेइजिङले यस विषयमा औपचारिक कूटनीतिक विरोध गरिएको जनाएको छ ।

ताइवानलाई चीनको हस्तक्षेपबाट मुक्त गर्ने र देशको प्रजातान्त्रिक पद्धतिलाई संरक्षण गर्ने वाचा गर्नुभएका विलियम लाईलाई विश्वभरिका नेताहरूले बधाई दिइरहेका छन् । चीनले भने उहाँको विजयलाई स्वीकार गरेको छैन र स्वशासित हैसियतमा रहेको यो टापु आफ्नै भूभागको हिस्सा रहेको दोहो¥याएको छ । ताइवानका मतदाताहरूले उक्त टापुको सार्वभौमसत्ताको पक्षधर रहनुभएका उम्मेदवार विलियम लाईलाई एउटा ऐतिहासिक निर्वाचनमा राष्ट्रपतिका रूपमा चुनेका थिए ।

उक्त मतलाई चीनभन्दा पृथक् धारणा राखेको अर्थ लगाइएको छ । त्यसप्रति आक्रोश व्यक्त गर्दै बेइजिङले एउटा विज्ञप्ति जारी गरेको छ जसमा “ताइवान चीनको हिस्सा रहेको” अडान व्यक्त गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);