‘प्रचण्डले इतिहासलाई सम्मान गर्न सकेनन्’– आकृति रायमाझी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

‘प्रचण्डले इतिहासलाई सम्मान गर्न सकेनन्’– आकृति रायमाझी (भिडियोसहित)

काठमाडौं,१ माघ । राष्ट्रिय स्वतन्त्र कानुन व्यवसायी संघकी अध्यक्ष आकृति रायमाझीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई अझै पनि सम्मान गर्न नसकेको टिप्पणी गरेकी छिन् । गत वर्षको प्रतिनिधि सभाको चुनावमा प्रचण्डले गोरखालीमाझ पृथ्वीनारायण शाहकै नाम लिएर चुनाव जितेपनि शाहको सम्मान गर्न नसकेको उनको भनाइ छ ।

माउन्टेन टेलिभिजनबाट प्रसारित ‘माउन्टेन सम्वाद’कार्यक्रममा पत्रकारसँग कुरा गर्दै रायमाझीले यस्तो टिप्पणी गरेकी हुन् । उनले भनिन्,“प्रधानमन्त्री प्रचण्डले गोरखाबाट पृथ्वीनारायण शाहकै नाम लिएर चुनाव जित्नुभयो,राष्ट्रिय एकता दिवस पुस २९ गते बिदा दिने बारेमा कुरा गर्नुभयो,तर निर्वाचित भएपछि उहाँले इतिहासलाई सम्मान गर्न सक्नुभएन । चुनाव जित्न शाहलाई सजिलै प्रयोग गरेपनि एकता दिवसमा एक शब्द पनि बोल्नुभएन । त्यो बिडम्बना हो ।”

रायमाझीले प्रचण्डले प्रधानमन्त्रीको हैसियतले एकता दिवसको अवसरमा शुुभकामना नदिएको भन्दै गुनासो गरिन् । कार्यक्रममा बोल्दै उनले प्रचण्डले स्वार्थको राजनीति गर्न जे पनि गर्न सक्ने दाबी गरिन् । “कुनै समय प्रचण्डले राप्रपालाई मिलाउन राष्ट्रिय एकता दिवसमा बिदा दिएका थिए । यसपटक राजनीतिक सट्टापट्टा गर्नु थिएन, अहिले त्यसकारण बिदा दिइएन ।”–उनले भनिन् । बिगतमा इतिहास बोकेका शालिकहरु तोडफोड गरेको स्मरण गर्दै अब ती कुरालाई सच्याउँदै माओवादी अघि बढ्नपर्ने रायमाझीको तर्क छ ।

नेपाल एकीकरण गरेर विश्वसामु उदयमान शक्तिहरुबाट जोगाएका पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई चाडपर्व जस्तो भव्य रुपमा मनाउनु पर्नेमा उनले जोड दिइन् ।

भिडियो हेर्नुहोस्

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);