अनिन्द्रा शारीरिक र मानसिक दुवैमा असर | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

अनिन्द्रा शारीरिक र मानसिक दुवैमा असर

काठमाडौं,२९ पुस । स्वस्थ रहन निद्रा स्वस्थ खाना जत्तिकै महत्त्वपूर्ण छ । हो, यदि तपाईलाई राम्रोसँग निन्द्रा लागेन भने तपाई स्वास्थ्य सम्बन्धी धेरै समस्याको सिकार हुन सक्नुहुन्छ । निन्द्राको कमीले मुड चिड़चिडा मात्र बनाउँदैन, यसले मुटु र पेटसँग सम्बन्धित समस्या पनि निम्त्याउन सक्छ।

निद्रामा कुनै पनि प्रकारको अवरोधले हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष असर गर्छ भन्ने धेरै अनुसन्धानहरूमा पनि पत्ता लागेको छ । कतिपय समस्याका लक्षणहरू प्रष्ट रूपमा देखिन्छन्, तर केही देखिदैनन् । जसका कारण समयमै पत्ता लगाउन नसक्दा पछि गम्भीर बन्न पुग्छ । शरीरलाई स्वस्थ राख्न ७ देखि ८ घण्टा सुत्नुपर्छ ।

निद्राको कमीले स्वास्थ्यमा असर गर्छ
– दैनिक ७ देखि ८ घण्टा नसुत्ने मानिसमा क्यान्सर, स्ट्रोक, मुटु रोग र मधुमेहको जोखिम धेरै हदसम्म बढ्ने धेरै अध्ययनले देखाएको छ ।

–शरीरका लागि आवश्यक निद्रा नपुग्दा मस्तिष्कको तन्तुमा नराम्रो असर पर्छ । यसका कारण बिस्तारै स्मरणशक्ति कमजोर हुन थाल्छ र सोच्ने र बुझ्ने क्षमता पनि कम हुन थाल्छ ।

 

निद्राको कमीले शरीरमा उर्जा हुँदैन । सधैं थकानको अनुभूति हुन्छ।

निद्राको कमीको पहिलो लक्षण भनेको खराब मुड हो। यसले व्यक्तिमा चिडचिडापन र क्रोध बढाउँछ र यी सबै चीजहरूले तपाईंको मानसिक स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ।

– निद्राको कमीले पाचन प्रणालीमा पनि असर गर्छ । निन्द्रा नलाग्ने मानिसहरूलाई अक्सर कब्जियतको समस्या हुन्छ र यसलाई समयमै ख्याल गरिएन भने कब्जियत पाइल्स जस्ता गम्भीर रोगमा परिणत हुन सक्छ।

Leave a Reply