नेपाल रेडक्रश सोसाईटी उपशाखा बुटवलको १८औ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

नेपाल रेडक्रश सोसाईटी उपशाखा बुटवलको १८औ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

रुपन्देही, २९ पुस || सत्यनारायण मानन्धर || नेपाल रेडक्रश सोसाईटी बुटवल उप शाखा रुपन्देहीले १८ औ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रश सोसाईटी बुटवल उप शाखाका सभापति बेनबहादुर पौडेल क्षेत्रीको अध्यक्षता मा १८ औ साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थालाई योगदान पुर्याउनेहरुलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । बुटवल उप शाखाका कोषाध्यक्ष दिलबहादुर थापाले वार्षिक आयव्यय प्रतिवेदन पेश गर्दै आम्दानी तर्फ ७ लाख ३२ हजार ३ सय ३० रुपैँया र खर्च तर्फ ६ लाख ४९ हजार १ सय १३ रुपैँयाको आयव्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा रुपन्देहीका नीवर्तमान सभापति प्रेमलाल उदाशले पाँचौं अधिवेशनबाट सर्वसम्मत चयन भएका नव निर्वाचित कार्यसमिति को नामावली प्रस्तुत गर्नुका साथै प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

नयाँ कार्य समितिमा बेनबहादुर पौडेल क्षेत्रीको सभापतित्वमा ११ सदस्यीय कार्य समिति बनाइएको छ । कार्यक्रममा उप शाखा बुटवलका सचिव लोकनाथ पाण्डेले हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । यस्तै बुटवलका पुर्व नगर प्रमुख द्वय पुनाराम पोखरेल र रूपसिंह थापाले बुटवलमा नेपाल रेडक्रश सोसाईटी बुटवल उप शाखाले राम्रो सेवा गर्दै आइरहेको र आगामी दिनमा यस संस्थाले अझ राम्रो कार्य गरेर दुःखीहरुको दुःख मा सहयोग गर्दै जाओस भन्दै शुभ कमान व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);