निजी क्षेत्रमा जाने कर्जा बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

निजी क्षेत्रमा जाने कर्जा बढ्यो

काठमाडौं,२७ पुस । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह मासिक एक खर्बभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँभन्दा माथि रेमिट्यान्स आएको छ ।

मंसिर महिनामा मात्र १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार मंसिरसम्मको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २७ दशमलब ६ प्रतिशतले धेरै हो । यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने गत वर्षको तुलनामा कम रहेको छ । यस वर्ष ५ महिनामा १ लाख ७३ हजार ५५५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

गत वर्ष यो संख्या २ लाख ३६ हजार ७७९ रहेको थियो । मंसिर मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले बढेर १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको हो । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलब १ महिनाको वस्तु आयात र ११ दशमलब ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ४ दशमलब ५ प्रतिशतले बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);