काठमाडौं, २६ पुस ||
भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले नारायणगढ—बुटवल र मुग्लिन—पोखरा सडक खण्डको कामले तिब्रता पाएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुवै राजमार्गहरुको एक साइट टु लेन छिटो भन्दा छिटो सक्ने गरी काम अघि बढाइएको बताउनु भयो । उहाँले सरकारलै सो क्षेत्रमा समस्या समाधान पहिचान गरिसकेकाले अब काम तिब्र रुपमा अघि बढ्ने दाबी गर्नुभयो । उहाँले मन्त्रायलसहितको टिम केही दिनमै सो राजमार्गको अवलोकन एवं निरीक्षणका लागि जाने सो क्रममा सर्वपक्षिय भेला राखेर समस्याको समाधान गरी काम छिटो सक्ने बताउनु भयो । उहाँले सो सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको बताउनु भयो । निर्माण सामग्रीको हकमा पनि नारायणगढ—बुटवलको पूर्वीखण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको बताउनु भयो । उहाँले सो सडकखण्डहरुमा अहिले विद्युत पोल र तारको केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताउनु भयो । उहाँले पछिल्लो समय दुवै सडक खण्ड (नारायणगढ—बुटवल र मुग्लिन—पोखरा) मा प्रगति उल्लेख्य रहेको बताउनु भयो ।
मन्त्री ज्वालाले सरकारले लगाएका ठेक्का पट्टालाई काम लगाउने नै पहिलो प्राथमिकता बनाएको बताउनु भयो । उहाँले काम गरे÷नगरेको बारेमा मन्त्रालयको टिम नै गएर अवलोकन एवं निरीक्षण गर्ने र कााम नभएको देखिए ठेक्का तोड्ने पनि बताउनु भयो ।
नारायणगढ—बुटवल र मुग्लिन—पोखरा सडकको काममा तिब्रता आएको छः मन्त्री ज्वाला
ताजा समाचार
कुनै पार्टीको पनि बहुुमत नआउने देउवाको जिकिर
११ घन्टा अघि
सुन एक लाख ८६ हजार रुपैयाँमा कारोबार
१२ घन्टा अघि
गाजाको एक अस्पतालमा इजरायको हवाई आक्रमण
१४ घन्टा अघि