पाकिस्तानको पञ्जावमा बस तालमा खस्यो,३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पाकिस्तानको पञ्जावमा बस तालमा खस्यो,३ जनाको मृत्यु

death body

काठमाडौं,२५ पुस । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको बहावलपुर जिल्लामा मंगलवार एउटा बस तालमा खस्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएको उद्धार सेवाले जनाएको छ ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको उद्धार सेवाले जनाएको छ । जिल्लाको नौशेरा जादेद क्षेत्रमा यात्रुवाहक बस यू–टर्न लिने क्रममा पल्टिँदा सुक्खा तालमा खसेको थियो ।

तीन यात्रुको घटनास्थलमै मृत्यु भएको उद्धार सेवाले जनाएको छ । सूचना पाएपछि उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेलाई स्थानीय अस्पतालमा लगिएको बताइएको छ ।

बस संघीय राजधानी इस्लामावादबाट दक्षिणी बन्दरगाह शहर कराँचीतर्फ जाँदै गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);