काठमाडौं, ९ माघ । राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ ।
बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी बैठकले प्रदेश नम्बर १, २, ३ र ४ बाट राष्ट्रिय सभामा पठाउने नाम टुंगो लगाउने छ । यसअघि सो पार्टीले प्रदेश नम्बर ५, ६ र ७ का उम्मेदवार टुंगो लगाइसकेको छ । माओवादीसँगको सहमतिअनुसार एमालेले प्रदेशसभा निर्वाचनमा २९ सिटमा उम्मेदवारी दिने छ ।