काठमाडौं, १९ पुस ||
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरेसँगै नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताउनु भयो । उहाँले संग्रहालयमा रामापिथिकसदेखि शुरु गरेर नेपालमा शासन गर्ने शासकहरु गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाह सबैको बारेमा अध्ययन सामग्री राख्नुपर्ने बताउनु भयो । २०६२÷०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी बनाउनसके नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि राम्रो हुने बताउनु भयो । अध्यक्ष नेपालले गणतन्त्र सम्बन्धी एउटा छुट्टै संग्रहालय बनाउनुपर्ने बताउनु भयो । उहाँले लखन थापा मगरदेखि अहिलेसम्मका जतिपनि जनताको लडाईं, संघर्ष, त्याग, तपस्या बलिदानका गाथाहरु त्यसमा लेखिनुपर्ने बताउनु भयो ।
नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरौँः अध्यक्ष नेपाल
ताजा समाचार
महेन्द्र माेरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
१३ घन्टा अघि
सेयर बजारमा हरियाली,६ महिनापछि २८ सय विन्दुमाथि
१४ घन्टा अघि
झण्डै दोब्बरले वीरगञ्ज नाकाबाट निर्यात बढ्यो
१७ घन्टा अघि