चितवन , ९ माघ । चितवनमा विभिन्न प्रजातिका चराहरु लोप भएका छन् । चितवनको सिमसार क्षेत्रमा हालै गरिएको चरा गणनामा ५ प्रजातिका चरा घटेको पाइएको छ।
अघिल्लो वर्ष भेटिएको सिंदुरे हाँस, फुस्रे हाँस, हरि हाँस, ठुँडे हाँस र सुनजुरे हाँस यो वर्ष नभेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा चराको गणना गर्दा ५ प्रकारका चार नभेटिएको वर्ड एजुकेशन सोसाइटि चितवनका पूर्व अध्यक्ष वासु विडारीले जानकारी दिए । निकुञ्ज भित्रका तालहरुमा यो वर्ष पाँच सय ७६ वटा चरा गणना गरिएको छ । तीन वर्षसम्म नभेटिएको लाल ठुँडे हाँस यो वर्ष भेटिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा चितवनमा चरा गणना भएको हो। नेपालको विभिन्न जलक्षेत्रमा ३ सय स्वयंसेवक तथा चरा विज्ञहरुको सहभागिता गणना भइरहेको पक्षीविद् संघ नेपालकाका प्रमुख डा हेमसागर बरालले जानकारी दिए। उनका अनुसार नेपालको समग्रको तथ्यांक आएपछि सरकारलाई समेत प्रतिवेदन बुझाइनेछ।