काठमाडौं, १७ पुस ||
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान भएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन तथा कार्य तत्परता विकास गर्ने माध्यम भएको बताउनुभएको हो । उहाँले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउनु भयो । उहाँले कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क मात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताउनु भयो । उहाँले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताउनु भयो । उहाँले परिवार, समाज र परिवेश समावेशबाट सिक्ने तथा गरिखाने पुस्तक विहीन शिक्षा पनि आजको आवश्यकता भएको बताउनु भयो । विद्यार्थीहरुको खेलकुदमा संलग्नता समृद्धि, सफलता, समाज निर्माणको आधार भएको बताउनु भयो ।
राष्ट्रपति पौडेलले खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ बनाउने बताउनु भयो । उहाँले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाइ सांस्कृतिक अनुभुति प्रदान गर्ने उल्लेख गर्नुभयो ।
खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान होः राष्ट्रपति
ताजा समाचार
सरकारमा जाने रुचि छैन :अध्यक्ष प्रचण्ड
१९ घन्टा अघि
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
२० घन्टा अघि
उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो
२० घन्टा अघि