पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई थुनामा राख्ने उच्च अदालतको फैसलामा सर्वाेच्चको चासो | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई थुनामा राख्ने उच्च अदालतको फैसलामा सर्वाेच्चको चासो

काठमाडौं,१७ पुस । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रायमाझी र पाण्डेलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च अदालत पाटनबाट झिकाउने आदेश गरेको हो ।

थुनामै राखेर मुद्दाको प्रक्रियाअघि बढाउन माग गर्दै उच्च अदालत पाटनको आदेशविरुद्ध रायमाझी र पाण्डेले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतमा कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।

यो प्रकरणमा पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई थुनामा राख्न जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनले सदर गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);