काठमाडौं, १६ पुस ||
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संघीयताले पूर्णता नपाएका कारण प्रश्न उठिरहेको बताउनुभएको छ । सोमवार मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेसले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री भण्डारीले संघीयताले पूर्णता नपाएका कारण यसप्रति प्रश्न उठेको बताउनुभएको हो । उहाँले प्रदेशले अधिकार नपाउँदा प्रदेशको औचित्यतामाथि नै पनि प्रश्न उठेको बताउनु भयो । अधिकार नपाउँदा प्रदेशहरुले काम गर्न समेत नसकेको उहाँको भनाई छ । उहाँले संविधानलाई पूर्णता दिँदै यसको सफल कार्यान्वयन गर्नमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले युवाहरुको विदेश पलायन रोक्न नेपालमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा केही हुँदैन भन्ने भाष्यको अन्त्य गर्दै केही हुन्छ भन्ने भाष्य बनाउनुपर्ने बताउनु भयो ।
संघीयताले पूर्णता नपाएका कारण प्रश्न उठिरहेको छः मन्त्री भण्डारी
ताजा समाचार
रास्वपाले निर्वाचन बिथोल्न खोजेकाे एमालेकाे आरोप
७ घन्टा अघि
‘सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै’
१२ घन्टा अघि




